profile image
by padam9999
on 14/11/15

आफ्ना गाउका खेती बारी सबै बाझो राख्नी आलु प्याज चाहि

आफ्ना गाउका खेती बारी सबै बाझो राख्नी
आलु प्याज चाहिये पनि भारतको मुख ताक्नी
थुईक्क हाम्रो बानी
मागेर खानी हामी मागेर खानी
मागेर खानी पनि केको स्वाभिमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

आफ्नेै दाईलाई आफ्नै भाईलाई मार्न अघि सर्नी
छिमेकी सग नुन खाएको कुखुरो झै गर्नी
थुईक्क हाम्रो बानी
दाई मार्न जानी आफ्नै भाई मार्न जानी
छिमेकीसग थुरथुर काम्नी केको स्वाभिमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी


१ रुप्पे तेलमा बढे ढुङ्गा हान्न हिड्नी
अहिले भने खुस्सखुस्स ५०० मा किन्नी
थुईक्क हाम्रो बानी
ढुङ्गा हान्न जानी हामी ईट्टा हान्न जानी
चाहिया बेला केही नबोल्नी केको स्वाभीमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

आफ्नो देशमा कस्को काम कस्तो भनी दाज्नी
बिदेश गएसी पर्यो भने जुठा भाडा माज्नी
थुईक्क हाम्रो बानी
दुख गर्न जानी बरू रगत बेच्न जानी
आफ्नै देशमा केही नगर्नी केको केको स्वाभीमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

मेड इन नेपाल देख्यो भने राम्रो हुन्न भन्नी
बिदेशबाट आको माललाई खनखन पैसा गन्नी
थुईक्क हाम्रो बानी
बिदेशकै लाउनी हामी बिदेशकै खानी
आफ्नो देशको मन नपर्नी केको स्वाभिमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

स्वतंत्र छौ स्वाभिमान हौ भन्ने गर्व थियो
१ मैनामै ईन्डिया औकात देखाईदियो
थुईक्क हाम्रो बानी
१ मैनामै बनाईदियो के लाउनी के खानी
कठै हामी केही नभाका केको स्वाभीमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

अन्न फल्नी गाउको बारी तिस हजारमा फाल्नी
बजार आएर तेह्र हातलाई तिस लाख रूप्पे हाल्नी
थुईक्क हाम्रो बानी
मागेर खानी हामी मागेर खानी
मागेर खानी पनि केको स्वाभीमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

हाम्रो देशको सरकार मात्र अर्को देशमा चाबी
आफ्नो देशको स्रोत र साधन केही खोज्नेहैनौ पापी
थुईक्क हाम्रो बानी
भारतले नाका थुन्दा चाईनातिर जानी
आफ्नै देशमा केही नखोज्नी केको स्वाभीमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी

यत्रा सहिद हुदा पनि न त सुख पाईयो
यत्रा नेता यत्रा मन्त्रि यत्रो खान चाहियो
थुईक्क हाम्रो बानी
दाई मार्न जानी आफ्नै भाई मार्न जानी
छिमेकीसग थुरथुर काम्नी केको स्वाभीमानी
(हामी नेपाली हैनम स्वाभिमानी)² हामी नेपाली रैन्छम स्वाभिमानी